एनआइसी एशिया बैंकले ३ अर्बको ऋणपत्र ल्याउँदै, ब्याजदर ८.५ प्रतिशत



काठमाडौं । एआइसी एशिया बैंकले १० वर्षे अवधिको ऋणपत्र जारी गर्ने भएको छ । ‘एनआइसी एशिया ऋणपत्र २०८८’ नामक उक्त ऋणपत्र आगामी असार ६ गतेदेखि निष्कासन गर्न लागेको हो ।

बैंकले १ हजार रुपैयाँ अंकित मूल्य भएका ३० लाख कित्तामध्ये १२ लाख कित्ताले हुन आउने १ अर्ब २० करोड ऋणपुँजी रकममध्ये ५ प्रतिशत प्रतिशत अर्थात् ५० लाख कित्ता सामूहिक लगानी कोषका लागि र सर्वसाधारण नेपालीका लागि सार्वजनिक निष्कासनमार्फत् बिक्री गरिनेछ । साथगै बाँकी रहेको १८ लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्ब ८० करोड ऋणपुँजी रकम व्यक्तिगत तवरबाट बिक्री गरिनेछ ।

बैंकको ऋणपत्र असार ६ गते निष्कासन भइ छिटोमा असार ९ गते र ढिलोमा असार २० गते निष्कासन बन्द गरिनेछ ।

आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् ।


क्लिकमान्डु