सांग्रिला बैंकको डिवेञ्चरको बिक्री असार ६ गतेदेखि खुल्ने, ब्याज ९ प्रतिशत पाइने



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १० वर्षे अवधिको ऋणपत्रको बिक्री आगामी असार ६ गतेदेखि खुल्ला हुने भएको छ ।
बैंकले रु. ७५ करोड रुपैयाँ ऋणपूँजी रकम बराबरको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७’को निष्कासन गर्न लागेको हो ।
असार ६ गतेदेखि निष्कासन हुने ऋणपत्रमा छिटोमा असार ९ गतेसम्म र ढिलोमा असार २० गतेसम्म आवेदन दिन सकिनेछ ।

वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र प्रतिइकाई रु. १००० दरमा किन्न पाइनेछ ।
कुल निष्कासन हुने ७ लाख ५० हजार इकाई(युनिट) डिबेञ्चरमध्ये ४ लाख ५० हजार युनिट व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने ३ लाख युनिट सर्वसाधारणका लागि सार्वजनिक निष्कासनको माध्मयबाट बिक्री गरिनेछ ।

सर्वसाधारणलाई सुरक्षित गरिएको ऋणपत्रका इकाईमध्ये ५ प्रतिशतले हुन आउने १५ हजार युनिट भने सामूहिक लगानी कोषहरुलाई बाँडफाँट भइसकेको छ ।
बैंकको ऋणपत्रका लागि निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने श्री नागरिक लगानी कोषसँग यसअघि नै डिबेञ्चर प्रत्याभूत सम्बन्धी सम्झौता समेत भइसकेको छ ।


क्लिकमान्डु