बानेश्वर चोकमा ३ करोड लगानीमा ट्रसको आकाशे पुल



काठमाडौं । राजधानीको अति नै व्यस्त चोकमध्यको एक नयाँ बानेश्वर चोकमा आकाशे पुलको ट्रस्ट राखिएको छ । संघीय संसद भवन नजिकै रहेको चोकमा कार्यालय समयमा र साँझको समयमा बाटो काट्ने यात्रीले सास्ती खेप्दै आएका छन् ।

बुधबार अपरान्ह भुइँमा बनाइएको फलामको ट्रस्टलार्य आकाशेपुलको पिल्लरमा जोडिएको छ । बानेश्वर चोकबाट पश्चिमतर्फ ५० मिटरको दुरीमा रहेको यो पुलले दैनिक १५ हजार जना व्यक्तिलाई वारीपारी गर्न सहज बनाउने छ । यस्तै भुइँमा सडक ट्राफिकलाई समेत सहज बनाउने छ ।

आकाशे पुल निर्माण अनुगमन गरिरहेको काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपालीले यो पुल यसै आर्थिक वर्षमा निर्माण सम्पन्न भइ प्रयोगमा आउने बताउनुभयो । ३८ मिटर लम्बाईको यो पुल मान्छे मात्र वारपार गर्न मिल्ने गरी बनाइएको छ ।

यो पुलको निर्माण लागत ३ करोड १० लाख रहेको छ । मान्छे हिड्ने फुटपाथको चौडाइ ३ मिटरको छ भने यो पुल जमिनबाट ५ मिटर माथि रहेको छ । 


पुष्प दुलाल