बैशाख मसान्तसम्म बैंकहरुको नाफा पौने ५६ अर्ब, नाफा बढाउनेमा प्रभु पहिलो, कुमारी दोस्रो र एनबी तेस्रो



काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरुले ५५ अर्ब ७९ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले गत आवको असार मसान्तमा ५४ अर्ब ३५ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । जसमाचालु आवको बैशाख मसान्तसम्म आइपूग्दा २.६५ प्रतिशत अर्थात् १ अर्ब ४४ करोड २० लाख रुपैयाँ थप गरेको राष्ट्र बैंकद्वारा सार्वजनिक तथ्यांकले देखाएको छ ।

गत असार मसान्तको तुलनामा चालु आवको बैशाख मसान्तसम्म बैंकहरुले आर्जन गरेको नाफाको वृद्धिदरलाई प्रतिशतको आधारमा हेर्दा सबैभन्दा बढी नाफा वृद्धिदर प्रभु बैंकको रहेको छ । साथै, दोस्रोमा कुमारी बैंक र तेस्रोमा नेपाल बंगलादेश बैंकको खुद नाफा वृद्धिदर बढी रहेको छ ।

गत आवको असार मसान्तको तुलनामा चालु आवको बैशाख मसान्तसम्म आइपुग्दा १६ वटा वाणिज्य बैंकको नाफा वृद्धि भएको छ ।

तर, सो अवधिमा ११ वटा वाणिज्य बैंकको खुद नाफा असार मसान्तको तुलनामा चालु आवको बैशाख मसान्तका घटेको छ । सो अवधिमा नाफाको वृद्धिदर घटेको बैंकहरुमा सबैभन्दा धेरैले सेञ्चुरी बैंकको र सबैभन्दा थोरैले नेपाल बैंकको घटेको छ ।

कुन बैंकको नाफाको वृद्धि कति ?

गत आवको असार मसान्तको तुलनामा चालु आवको बैशाख मसान्तसम्म आइपुग्दा सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुमध्ये १६ वाटाको नाफामा वृद्धि ६७.६३ प्रतिशतदेखि ७.७२ प्रतिशतसम्म भएको छ ।
जसमध्ये सबैभन्दा धेरै प्रभु बैंकको र सबैभन्दा थोरै एनआइसी एशिया बैंकको नाफामा वृद्धि १० महिनामा भएको देखिन्छ ।

प्रभु बैंकले गत आवको असार मसान्तमा १ अर्ब ३६ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको बैशाख मसान्तसम्म आइपुगदा ६७.६३ प्रतिशतले वृद्धि गरी २ अर्ब २९ करोड १४ लाख रुपैयाँ पुर्याएको छ ।

कुमारी बैंकले गत आवको असार मसान्तसम्म १ अर्ब २२ करोड ६५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । जुन चालु आवको बैशाख मसान्तसम्म आइपुग्दा ५९.६९ प्रतिशतले वृद्धि भएर १ अर्ब ९५ करोड ८६ लाख रुपैयाँ कायम भएको छ ।

नेपाल बंगलादेश बैकले गत आवको असार मसान्तसम्म १ अर्ब २४ करोड ४५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । जसमा चालु आवको बैशाख मसान्तसम्म ४७.६४ प्रतिशतले थप गरी १ अर्ब ८३ करोड ७४ लाख रुपैयाँ पुर्याएको छ ।

मेगा बैंकले गत आवको असार मसान्तमा १ अर्ब ५२ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको बैशाख मसान्तसम्म आइपुग्दा ४६.२३ प्रतिशतले वृद्धि गरी २ अर्ब २२ करोड ३४ लाख रुपैयाँ पुर्याएको छ ।

सिटिजन्स बैंकले गत आवको असार मसान्तमा १ अर्ब ११ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको बैशाख मसान्तसम्म आइपुगदा ४४.८५ प्रतिशतले वृद्धि गरी १ अर्ब ६१ करोड ६६ लाख रुपैयाँ पुर्याएको छ ।

ग्लोबल आइएमई बैंकले गत आवको असार मसान्तमा ३ अर्ब ८ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको बैशाख मसान्तसम्म आइपुग्दा २६.८७ प्रतिशतले वृद्धि गरी ३ अर्ब ९१ करोड ७६ लाख रुपैयाँ पुर्याएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले गत आवको असार मसान्तमा २ अर्ब ५७ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको बैशाख मसान्तसम्म आइपुगदा २३.६५ प्रतिशतले वृद्धि गरी ३ अर्ब १७ करोड ९८ लाख रुपैयाँ पुर्याएको छ ।

एनएमबी बैंकले गत आवको असार मसान्तमा २ अर्ब २७ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको बैशाख मसान्तसम्म आइपुग्दा २२.८९ प्रतिशतले वृद्धि गरी २ अर्ब ७९ करोड ४ लाख रुपैयाँ पुर्याएको छ ।

सानिमा बैंकले गत आवको असार मसान्तमा १ अर्ब ७० करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको बैशाख मसान्तसम्म आइपुग्दा १९.९८ प्रतिशतले वृद्धि गरी २ अर्ब ४ करोड ३६ लाख रुपैयाँ पुर्याएको छ ।

सिभिल बैंकले गत आवको असार मसान्तमा ४५ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको बैशाख मसान्तसम्म आइपुग्दा १६.७७ प्रतिशतले वृद्धि गरी ५३ करोड ३६ लाख रुपैयाँ पुर्याएको छ ।

माछापुच्छ्रे बैंकले गत आवको असार मसान्तमा १ अर्ब २५ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको बैशाख मसान्तसम्म आइपुग्दा १६.१६ प्रतिशतले वृद्धि गरी १ अर्ब ४५ करोड ४३ लाख रुपैयाँ पुर्याएको छ ।

नबिल बैंकले गत आवको असार मसान्तमा ३ अर्ब ५६ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको बैशाख मसान्तसम्म आइपुग्दा १३.५८ प्रतिशतले वृद्धि गरी ४ अर्ब ५ करोड १० लाख रुपैयाँ पुर्याएको छ ।

सिद्धार्थ बैंकले गत आवको असार मसान्तमा २ अर्ब ९ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको बैशाख मसान्तसम्म आइपुग्दा १२.२७ प्रतिशतले वृद्धि गरी २ अर्ब ३४ करोड ९६ लाख रुपैयाँ पुर्याएको छ ।

एनसीसी बैंकले गत आवको असार मसान्तमा १ अर्ब १३ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको बैशाख मसान्तसम्म आइपुग्दा १०.२० प्रतिशतले वृद्धि गरी १ अर्ब २४ करोड ६३ लाख रुपैयाँ पुर्याएको छ ।

एनआइसी एशिया बैंकले गत आवको असार मसान्तमा ३ अर्ब १२ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको बैशाख मसान्तसम्म आइपुग्दा ७.७२ प्रतिशतले वृद्धि गरी ३ अर्ब ३६ करोड २३ लाख रुपैयाँ पुर्याएको छ ।

यी बैंकको नाफा घट्यो

राष्ट्र बैंकको तथ्यांकअनुसार गत आवको असार मसान्तको तुलनामा चालु आवको बैशाख मसान्तसम्म ११ वटा वाणिज्य बैंकको खुद नाफा घटेको छ । जसमा सबैभन्दा बढी सेञ्चुरी बैंक ५१.७८ प्रतिशतले र सबैभन्दा थोरै नेपाल बैंकको ६.२९ प्रतिशतले घटेको हो ।

सेञ्चुरी बैंकले गत आवको असार मसान्तसम्म ९० करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको बैशाख मसान्तसम्म आइपुग्दा ५१.७८ प्रतिशतले घटेर ४३ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ ।

हिमालयन बैंकले गत आवको असार मसान्तसम्म २ अर्ब ५४ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन चालु आवको बैशाख मसान्तसम्म आइपुग्दा ४४.७८ प्रतिशतले घटेर १ अर्ब ४० करोड ४० लाख रुपैयाँमा सीमित भएको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आवको असार मसान्तसम्म १ अर्ब ९८ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन चालु आवको बैशाख मसान्तसम्म आइपुग्दा ३१.५४ प्रतिशतले घटेर १ अर्ब ३५ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ ।

एभरेष्ट बैंकले गत आवको असार मसान्तसम्म २ अर्ब ४९ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन चालु आवको बैशाख मसान्तसम्म आइपुग्दा ३१.०८ प्रतिशतले घटेर १ अर्ब ७२ करोड २९ लाख रुपैयाँमा सीमित भएको छ ।

कृषि विकास बैंकले गत आवको असार मसान्तसम्म ३ अर्ब ४६ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन चालु आवको बैशाख मसान्तसम्म आइपुग्दा ३१.०१ प्रतिशतले घटेर २ अर्ब ३९ करोड २६ लाख रुपैयाँमा सीमित भएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले गत आवको असार मसान्तसम्म ४ अर्ब ४५ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन चालु आवको बैशाख मसान्तसम्म आइपुग्दा २६.५३ प्रतिशतले घटेर ३ अर्ब २७ करोड १३ लाख रुपैयाँमा सीमित भएको छ ।

बैंक अफ काठमाण्डूले गत आवको असार मसान्तसम्म १ अर्ब ५१ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन चालु आवको बैशाख मसान्तसम्म आइपुग्दा २२.६३ प्रतिशतले घटेर १ अर्ब १६ करोड ९३ लाख रुपैयाँमा सीमित भएको छ ।

सनराइज बैंकले गत आवको असार मसान्तमा १ अर्ब ३९ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन चालु आवको बैशाख मसान्तसम्म आइपुग्दा ७.७२ प्रतिशतले घटेर १ अर्ब २८ करोड ५३ लाख रुपैयाँमा सीमित भएको छ ।

लक्ष्मी बैंकले गत आवको असार मसान्तसम्म १ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन चालु आवको बैशाख मसान्तसम्म आइपुग्दा ६.८९ प्रतिशतले घटेर १ अर्ब ३८ करोड २४ लाख रुपैयाँमा सीमित भएको छ ।

नेपाल बैंकले गत आवको असार मसान्तसम्म २ अर्ब ५५ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन चालु आवको बैशाख मसान्तसम्म आइपुग्दा ६.२९ प्रतिशतले घटेर २ अर्ब ३९ करोड ५६ लाख रुपैयाँमा सीमित भएको छ ।

रकम रू १० लाखमा


पुष्प दुलाल