मन्त्रीबाट हटेकै दिन प्रदीप ज्ञवालीले सार्वजनिक गरे सम्पत्ति विवरण
काठमाडौं । एमाले नेता प्रदीप ज्ञवालीले परराष्ट्रमन्त्रीबाट हटेकै दिन शुक्रबार राति सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
साढे तीन वर्षको अवधिमा विदेश भ्रमण वापतको लेभी ३ लाख १४ हजार ९३० रुपैयाँ, र पारिश्रमिक वापतको लेभी ६ लाख २० हजार रुपैयाँगरी जम्मा ९ लाख ३४ हजार ९३० रुपैयाँ बुझेको बताएका छन् ।
उक्त रकमबाट पार्टी खातामा जम्मा भएको र कर कट्टीपछि ३ लाख ७२ हजार ४११ रुपैयाँ १३ पैसा सरकारी कोषमा दाखिला भएको उनलेबताए ।
हाल उनको खातामा ७ लाख ४१ हजार ७७५ रुपैयाँ ६० पैसा, केही घरायसी सामानका साथमा २ सय जति पुस्तकबाहेक अरु सम्पत्तिनथपिएको उनको भनाइ छ ।
उनले आफूले प्रयोग गर्दै आएको सवारी साधन र ल्यापटप (म्याकबुक प्रो) आजै फिर्ता गरिसकेको र भोलि पुलचोकस्थित सरकारी निवासपनि छाड्ने बताए ।