मन्त्रिपरिषद पुनर्गठन, एमालेका यी मन्त्री भए पदमुक्त



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद बिस्तार गरेका  छन् जसमा जनता समाजवादी पार्टीबाट राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी भएका छन्

महतो उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री भएका छन्

साथै शरदसिंह भण्डारीले उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अनिल झाले खानेपानी मन्त्रालय, लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, विमल श्रीवास्तवले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलय उमाशंकर अरगरिया सस्कृति तथा पर्यटन मन्त्रालय सम्हाल्नेछन्

साथै चन्दा चौधरीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय एकवाल मियालेयुवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको

त्यसैगरी चन्द्रकान्त चौधरी उर्जा राज्यमन्त्री रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्रीमा नियुक्त भएका छन्

प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा, गृह, सञ्चार, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन मन्त्रालय आफूसँगै राखेका छन् ।

एमालेका यी मन्त्रीको पद गयो

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल बिस्तारका क्रममा जनाबाहेक अन्य एमालेबाट भएका मन्त्रीहरुलाई पदबाट हटाएका छन्

अर्थमन्त्री विष्ण पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ कानूनमन्त्री लिलानाथश्रेष्ठबाहेक सबै मन्त्री पदमुक्त भएका छन्

त्यसैगरी विष्णु पौडेल रघुविर महासेठ उपप्रधानमन्त्री हुनेछन् महासेठ परराष्ट्रमन्त्री शेरबहादुर तामाङ स्वास्थ्य मन्त्री हुने भएका छन्

हृदेयश त्रिपाठी, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, प्रेम आले, पद्म अर्या, 

लेखराज भट्ट, भानुभक्त ढकाल, पार्वत गुरुङ, शिवमाया तुम्बाहाम्फे, गणेशसिंह ठगुन्ना, जुली महतो राज्यमन्त्रीहरु नवराज महत, रामवीर मानन्धर विमला विक पदमुक्त भएका छन्


क्लिकमान्डु