साना व्यवसायीका लागि विकास बैंक र फाइनान्स कम्पनीलाई बचाउनुपर्ने



काठमाडौं । विकास बैंक र फाइनान्स कम्पनीलाई बचाउनुपर्ने माग सरोकारवालाले राखेका छन् ।

बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्च्यिुटले आयोजना गरेको कार्यक्रममा विकास बैंक र फाइनान्स कम्पनीका प्रतिनिधिले अब विकास बैंक र फाइनान्स कम्पनीलाई बचाउनुपर्ने माग राखे ।

विकास बैंक एशोसियनका अध्यक्ष प्रद्युम्न पोखरेलले अब विकास बैंक र फाइनान्स कम्पनी बचाउनुपर्ने बताए ।
‘सरकारले बजेट मार्फत अब वाणिज्य बैंक र वाणिज्य बैंकको मात्र मर्जर खोजेको देखिएको छ,राज्यले विकास बैंक फाइनान्सलाई साना व्यवसायीको लागि जोगाउनुपर्छ,’ पोखरेलले भने ।

हाम्रो अर्थतन्त्रमा साना तथा मझौला व्यवसायीको लागि विकास बैंक र फाइनान्स कम्पनी जोगाउनुपर्छ । उनले विकास बैंकले लोकल एलसीको काम गर्न पाउनुपर्ने माग राखे ।

वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले फाइनान्स कम्पनीको संख्या घटेको हुँदा यसलाई अब थप घटाउन नहुँने माग राखे ।


क्लिकमान्डु