चीनबाट अनुदानमा ३ हजार थान अक्सिजन सिलिण्डर र १० थान भेन्टिलेटर ल्याइने



काठमाडौं । सरकारले चीन सरकारको अनुदानमा ३ हजार ५ सय थान अक्सिजन सिलिण्डर तथा १० थान अक्सिजन भेन्टिलेटर स्वीकार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बैठकले उक्त अनुदान स्वीकार गर्ने निर्णय गरेको हो ।

चीन सरकारले यसअघि १८ लाख डोज खोप, अक्सिजन कन्सनट्रेटर र अक्सिजन सिलण्डर अनुदानमा ल्याइसकेको छ ।


क्लिकमान्डु