एक्विजेशनका लागि नबिल बैंक र यूनाइटेड फाइनान्सले बोलाए विशेष साधारणसभा



काठमाडौं । एक्विजेशनका लागि नबिल बैंक र यूनाइटेड फाइनान्सले विशेष साधारणसभा बोलाएका छन् । नबिल बैंकले यूनाइटेड फाइनान्सलाई गाभ्ने सम्झौता गरिसकेको छ ।

राष्ट्र बैंकले केही दिनअघि नबिल बैंकलाई यूनाइटेड फाइनान्स गाभ्नका लागि सैद्दान्तिक सहमति दिएको थियो । दुबै संस्थाले असार ५ गते विशेष साधारणसभा बोलाएका छन् ।

साधारणसभाले एक्विजेशनको अनुमति दिएपछि एकीकृत कारोबारको लागि बाटो खुल्ने छ । दुबै संस्थाले विशेष साधारणसभा गरेपछि असार मसान्तभित्रै एकीकृत कारोबार गर्ने तयारी गरेका छन् ।


क्लिकमान्डु