अमेरिकाले नेपालसहित १६ एसियाली देशलाई ७० लाख डोज कोरोना खोप दिने
काठमाडौं । अमेरिकाले नेपालसहित १६ वटा एसियाली देशलाई कोरोना खोप उपलब्ध गराउने भएको छ ।
ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, लाओस, पपुवा न्यू गिनिया, ताइवान र प्यासिफिक आइसल्याडले खोप पाउनेछन् ।
यी देशले करिब ७० लाख खोप अमेरिकाबाट पाउनेछन् ।