एक महिनामा दोब्बर भयो गोर्खाज फाइनान्सको सेयर, ‘कर्नरिङ’ वा ३० % लाभांशको आश ?



काठमाडौं । गोर्खाज फाइनान्सका लगानीकर्ताले एक महिनामा शतप्रतिशत बढी फाइदा लिएका छन् । गोर्खाज फाइनान्सको सेयर मूल्य एक महिना अगाडि दोस्रो बजारमा ४७१ रुपैयाँ रहेको थियो ।

बिहीबार कारोबार बन्द हुँदा प्रतिकित्ता १०२० पुगेको छ । एक महिना अगाडि गोर्खाज फाइनान्सको सेयर किनेर बिहीबार बेचेका लगानीकर्ताले एक सय प्रतिशतभन्दा बढीले नाफा कमाएका छन् ।

बजार बढ्दो क्रममा रहेको हुँदा गोर्खाज फाइनान्सको सेयर मूल्य बढ्नु स्वभाविक नै हो । तर,एक महिनामा दोब्बर हुनुको अर्थ कर्नरिङ हो । ‘सेयरको आपूर्ति कम भएको र कम्पनीपनि राम्रो अवस्थामा भएको हुँदा यसको मूल्य बढाउन कर्नरिङ भएको स्पष्ट देखिन्छ,’एक् सेयर ब्रोकरले भने । खास गरेर केही ठूला सेयर लगानीकर्ताले यसको मूल्य कर्नरिङ गरेका हुन् ।

चैत मसान्तसम्मको विवरण अनुसार गोर्खाज फाइनान्सको वित्तीय विवरण भने राम्रो नै छ ।

विकास बैंकबाट फाइनान्स कम्पनीमा झरेको एक मात्र वित्तीय संस्था गोर्खाज फाइनान्सको चुक्ता पूँजी ८६ करोड ७९ लाख रुपैयाँ रहेको छ । चैत मसान्तसम्मको विवरण अनुसार यसको रिजर्बमा ७८ करोड ५१ लाख रहेको छ ।

गोर्खाज फाइनान्सले चैत मसान्तको वित्तीय विवरणबाट मात्र आफ्नो सन्चित नोक्सानलाई नाफामा लगेको हो । जुन २ करोड २१ लाख रुपैयाँ छ ।

फाइनान्सले चैत मसान्तसम्ममा २७ करोड ३७ लाख नाफा कमाएको छ । चैत मसान्तसम्मको नाफाबाट सेयरधनीलाई बाड्न ३० प्रतिशत नाफा बाड्न मिल्छ । बैशाखदेखि निषेधाज्ञा लगाएको हुँदा असार मसान्तसम्म भने यो विवरण फरक भने पर्न सक्छ ।

गोर्खाज फाइनान्सले चैत मसान्तको वित्तीय विवरणबाट मात्र आफ्नो सन्चित नोक्सानलाई नाफामा लगेको हो । जुन २ करोड २१ लाख रुपैयाँ छ । अघिल्लो वर्षसम्म २९ करोड रुपैयाँले गोर्खाज फाइनान्स सन्चित नोक्सानमा चलेको छ । वितरण योग्य नाफाबाट ३० प्रतिशत लाभांश बाड्न सक्ने देखिएपनि सन्चितीलाई नोक्सानीबाट बाट धनात्मक बनाएको फाइनान्सले सो लाभांश दिन सक्देन ।

फाइनान्सले चैत मसान्तसम्म ७ अर्ब ६१ करोड निक्षेप संकलन गरेर ५ अर्ब ७२ करोड कर्जा दिएको छ ।


क्लिकमान्डु