कोरोनासँग लड्न ज्योति ग्रुपद्वारा २ करोड बराबरको सहयोग



काठमाडौं । नेपालको प्रतिष्ठित व्यावसायिक घराना ज्योति ग्रुपले कोरोना महामारीविरुद्ध लड्न २ करोड रुपैयाँ बराबरको सहयोग गरेको छ । ज्योति ग्रुप अन्तर्गत रहेका स्याकार ट्रेडिङ्ग कम्पनी र भाजुरत्न ट्रेडिङ्ग कम्पनीले विभिन्न क्षेत्रमा करिब २ करोड रकम सहयोग स्वरुप प्रदान गरेको हो ।

सहयोगको क्रममा ज्योति ग्रुपले नेपाल उद्योग वाणिज्य महासंघको राहत कोषमा १० लाख राहत रकम प्रदान गरेको छ । त्यसैगरी, क्रिएशन नेपाललाई ५ लाख २२ हजार बराबरको २५ थान अक्सिजन सिलिण्डर, आछाम अस्पताललाई ७ लाख ७० हजार बराबरको ५ थान अक्सिजन कन्सन्ट्रेटरस् र हेल्थी नेशन फाउण्डेशनलाई ७ लाख ७० हजार बराबरको ५ थान अक्सिजन कन्सन्ट्रेटरस् सहयोग उपलब्ध गराएको छ ।

त्यसैगरी, गंगालाल अस्पताललाई ५ लाख बराबरको पारासुट प्रदान गरेको छ । जर्मन अक्सिजन प्लान्टका लागि एनबीआईलाई १५ लाख र त्रिवि शिक्षण अस्पतालमा जडान गरिने फ्रान्सेली अक्सिजन उत्पादन कम्पनी नोभएयरको अक्सिजन प्लान्टलाई फ्रान्सबाट नेपाल ल्याउनको लागि एअर कार्गोसहित कुल १ करोड २१ लाख सहयोग उपलब्ध गराएको छ ।

त्रिवि शिक्षण अस्पतालमा जडान गरिने उक्त अक्सिजन जेनरेटरहरूले ५० बेडलाई पर्याप्त हुने गरी प्रति मिनेट २५० लिटर अक्सिजन उत्पादन गर्ने क्षमता राख्दछ ।


पुष्प दुलाल