घाटामा रहेको भारतीय कम्पनी पेटीएमले ३ अर्ब डलरको आइपीओ जारी गर्दै



भारतको सबैभन्दा ठूलो स्टार्टअपका रुपमा परिचित पेटीएमले साधारण सेयर अर्थात् आइपीओ जारी गर्ने भएको छ ।

वान नाइन्टी सेभेन कम्युनिकेशन नामक कम्पनी अन्तर्गतको पेटीएमको बोर्डले आइपीओका लागि स्वकिृती दिएको छ । जसका कारण ग्रे मार्केटमा कम्पनीको आइपीओमा भारी उछाल देखिएको छ ।

कम्पनीले प्राइमरी मार्केटमा ३ अर्ब डलर बराबरको आइपीओ जारी गर्ने तयारी गरेको हो । कम्पनीको अहिलेको भ्यालुएसन २४ देखि ३० बिलियन डलर बराबरको छ । आइपीओको प्रक्रिया जुन र जुलाइदेखि शुरु हुने अनुमान गरिएको छ भने वर्षको अन्त्यसम्ममा आइपीओ जारी हुने अनुमान गरिएको छ ।

अहिलेसम्म घाटामै रहेको कम्पनीले आइपीओ जारी गर्ने योजना बनाएसँगै ग्रे मार्केटमा ठूलो हलचल पैदा भएको छ । कम्पनीका सञ्चालकहरुले कम्पनी फाइदामा जान थालेपछि मात्रै आइपीओ जारी गर्ने बताए पनि फाइदामा नपुग्दै सर्वसाधारणबाट पैसा उठाउने तयारी गरेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोटबन्दी लागू भएपछि पेटीएमको प्रयोग निकै बढेको थियो ।

भारतीय सञ्चारमाध्यमबाट अनुसार ग्रे मार्केटमा कम्पनीको भारतीय रुपैयाँ १० अंकित मूल्य रहेको कम्पनीको सेयर एकवर्ष अघिसम्म मात्रै साढे १० हजार रुपैयाँ थियो भने अहिले त्यो मूल्य बढेर ४ दिनमा ११ हजार भारुबाट बढेर २१ हजार भारुसम्म पुगेको छ । अहिले कम्पनीको सेयर बिक्री गर्न बजारमा कोही पनि छैनन् ।

पेटीएममा प्रमोटर विजय शेखर शर्माको तुलनामा २ गुणा बढी स्वामित्व चिनियाँ कम्पनी अलिबाबाको छ ।


क्लिकमान्डु