चीनमा एउटै परियोजनाबाट १६ हजार मेगावाट बिजुली, आगामी वर्षदेखि उत्पादन हुने



एजेन्सी । ठूला ठूला आश्चर्यजनक भौतिक संरचना निर्माण गर्न संसारमा नै चीन शीर्ष स्थानमा छ ।

एउटै आयोजनाबाट २२ हजार मेगावाट क्षमताको बिजुली परियोजना निर्माण एवम् सञ्चालन गरेको चीनले आगामी वर्ष झण्डै १६ हजार मेगावाट क्षमताको अर्को आयोजना निर्माण पूरा गरी सञ्चालनमा ल्याउने भएको छ ।

संसारकै दोस्रो ठूलो जलविद्युत् परियोजनाको रुपमा सो आयोजनालाई अगाडि सारिएको चिनियाँ टेलिभिजन सिजिटिएनले जानकारी दिएको छ ।

सो टेलिभिजनको अनलाइन संस्करणमा प्रकाशित एक समाचारका अनुसार सोमबार मात्रै बाइहेतान बाँध निर्माण सम्पन्न भएको जनाएको छ ।

बाँधको सम्पूर्ण संरचना निर्माण पूरा भएको जानकारी दिँदै सो टिभीले एउटा भिडियो समेत सार्वजनिक गरेको छ ।

चीनको दक्षिणपश्चिम क्षेत्रमा अवस्थित सिचुवान प्रान्तको निन्जायन नजिक रहेको छ । उक्त परियोजना जिन्सा नदीको तल्लो तटीय क्षेत्रमा अवस्थित छ । यस्तै यान्जिेत्से नदीको माथिल्लो तटमा रहेको छ ।

आगामी १ वर्षभित्र सो परियोजना सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सो आयोजानको कूल जडित क्षमता १६ मिलियन किलोवाट रहेको छ ।

तर आयोजनामा जडान गरिएको उपकरणका आधारमा हेर्दा ६२ बिलियन किलोवाट घण्टा बराबर रहेको छ । यस्तै, आयोजनाले ५१.६ मिलियन टन कार्बन सञ्चिती गर्नेछ ।

यस्तै, हुवेई प्रान्तमा रहेको थ्री गर्जेज बाँधपछिको ठूलो आयोजना रहेको बताइएको छ । नेपालमा जलाशयुत्तः तथा ठूला आयोजनाको विषयमा राम्रे हल्ला र प्रचार गरिएको भएपनि काम भएको छैन । चीनमा भने धमाधम काम भइरहेको छ ।


क्लिकमान्डु