प्रि-ओपनिङमा ७.८९ अंकले बढ्यो नेप्से, ६४ कम्पनीको कारोबार
काठमाडौं । मंगलबारको प्रि-ओपनिङ सेसनमा नेप्से ७.८९ अंकले बढेर २७९०.७२ अंकमा पुगेको छ ।
प्रि-ओपनिङमा ६४ वटा कम्पनीको कारोबार भएको छ । जसमा ३२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १५ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १७ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
प्रि-ओपनिङमा सबैभन्दा बढी कमाउने कम्पनीमा एभरेष्ट इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स। मिथिला लघुवित्त, शिवश्री हाइड्रोपावर, नेको इन्स्योरेन्स तारागाउँ रिजेन्सी होटल लगायतका कम्पनी छन् ।
साथै सबैभन्दा बढी गुमाउने कम्पनीमा आरएमडीसी, हिमाल दोलखा हाइड्रोपावर, घलेम्दी हाइड्रो, दिव्यश्वरी हाइड्रोपावर, साल्ट ट्रेडिङ कम्पनी छन् ।