संघबाट पाउने बजेटमा काठमाडौंलाई पोखरा महानगरले जित्यो, कुन महानगरले कति बजेट पाए ?



काठमाडौं । अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत आगामी आर्थिक वर्ष २०७८/७९ का लागि संघ सरकारबाट प्रदेश र स्थानीय तहमा जाने बजेटमा ६ वटा महानगरपालिकामध्ये सबैभन्दा धेरै पोखरा महानगरपालिकाले पाएको छ ।

आगामी आर्थिक वर्षका लागि पोखरा महानगरपालिकाको बजेट काठमाडौं महानगरपालिकाको भन्दा बढी देखिएको हो ।

अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत पोखरा महानगरपालिकाले सबैभन्दा बढी २ अर्ब ५६ करोड रुपैयाँ बराबरको बजेट पाएको छ भने काठमाडौं महानगरपालिको २ अर्ब १ करोड रुपैयाँ बराबरको बजेट पाएको छ ।

संघ सरकारबाट पाउने बजेटमा सबैभन्दा कम बिराटनगर महानगरपालिकाले १ अर्ब १९ करोड ५३ लाख रुपैयाँ बराबर मात्रै पाएको छ ।

बिराटनगर महानगरपालिका
आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बिराटनगर महानगरपालिकाले संघ सरकारबाट १ अर्ब १९ करोड ५३ लाख रुपैयाँ बराबरको बजेट पाएको छ । जसमध्ये चालुतर्फ १ अर्ब ४ करोड ३३ लाख पुँजीगततर्फ १५ करोड २० लाख रुपैयाँ बराबर रहेको छ ।

विराटनगर महानगरपालिकाले समानीकरण अनुदानमा ४० करोड ४६ लाख, सशर्त अनुदानमा ६८ करोड ६९ लाख र समपुरक अनुदानबाटल १० करोड ३८ लाख रुपैयाँ बराबर पाएको छ ।

वीरगञ्ज महानरपालिका
गीरगञ्ज महानगरपालिकाले समानीकरणतर्फ ४६ करोड १ लाख, सशर्ततर्फ ७६ करोड ५१ लाख, विशेषअनुदानतर्फ ११ करोड ६२ लाख र समपूरकतर्फ ११ करोड २६ लाख रुपैयाँ गरी कुल १ अर्ब ४५ करोड ४० लाख रुपैयाँ बराबरको बजेट पाएको छ ।

जसमा चालुतर्फ १ अर्ब १८ करोड ५३ लाख र पुँजीगततर्फ २६ करोड ८७ लाख रुपैयाँ बराबर बजेट विनियोजन गरिएको छ ।

भरतपुर महानगरपालिका
भरतपुर महानगरपालिकाले १ अर्ब ६४ करोड २८ लाख रुपैयाँ बराबरको बजेट पाएको छ । यस नगरपालिकाका लागि चालुतर्फ १ अर्ब ५५ करोड ८० लाख र पुँजीगततर्फ ८ करोड ४८ लाख रुपैयाँ बराबरको बजेट विनियोजन भएको छ ।

आगामी आर्थिक वर्षका लागि भरतपुर नगरपालिकाले समानीकरण अनुदानमा ४९ करोड ५५ लाख, सशर्त अनुदानमा १ अर्ब १२ करोड २४ लाख र विशेष अनुदानमा २ करोड ४९ लाख रुपैयाँ बराबरको बजेट पाएको छ ।

ललितपुर महानगरपालिका
ललितपुर महानगरपालिकाका लागि आगामी आर्थिक वर्षमा चालुतर्फ १ अर्ब ८ करोड ३० लाख र पुँजीगततर्फ १४ करोड २४ लाख रुपैयाँ बराबर गरी कुल १ अर्ब २२ करोड ५४ लाख रुपैयाँ बराबर बजेट विनियोजन गरिएको छ ।

महानगरले समानीकरण अनुदानतर्फ ५० करोड ७४ लाख, सशर्त अनुदानतर्फ ५८ करोड ९४ लाख, विशेषतर्फ २ करोड ४९ लाख र समपुरक अनुदानतर्फ १० करोड ३७ लाख रुपैयाँ बराबर बजेट पाएको छ ।

काठमाडौं महानगरपालिका
काठमाडौं महानगरपालिकाले समानीकरण अनुदानमा ७५ करोड २८ लाख र सशर्त अनुदानमा १ अर्ब २६ करोड ९ लाख गरी २ अर्ब १ करोड ३७ लाख रुपैयाँ बराबरको बजेट पाएको छ ।

काठमाडौं महानगरले पाएको बजेटमा चालुतर्फ १ अर्ब ९७ करोड ३१ लाख र पुँजीगततर्फ ३ करोड ५६ लाख रुपैयाँ बराबर मात्रै छ ।

पोखरा महानगरपालिका
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब ५६ करोड १६ लाख रुपैयाँ बराबरको बजेट संघ सरकारबाट पाएको छ । जसमा चालुतर्फ २ अर्ब १६ करोड ५० लाख र पुँजीगततर्फ ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बजेट महानगरले पाएको छ ।

यसरी पाएको बजेटमा समाीकरणतर्फ ६१ करोड ९१ लाख, सशर्ततर्फ १ अर्ब ८९ करोड ६४ लाख र विशेष अनुदानतर्फ ३ करोड ६१ लाख रुपैयाँ बराबर बजेट छुट्याइएको छ ।


क्लिकमान्डु