एचआइडीसीएलको हकप्रद भर्न जेठ २७ गतेसम्म सेयरधनी बनिसक्नुपर्ने
काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको हकप्रद सेयर खरिद गर्न चाहनेले जेठ २७ गतेसम्म सेयरधनी बनिसक्नुपर्ने भएको छ ।
कम्पनीका अनुसार हकप्रद सेयर निष्कासनका लागि जेठ २८ गते बुक क्लोज गर्नेछ ।
दाखिल बन्द भएको अघिल्लो दिनसम्म अर्थात् जेठ २७ गतेसम्म नेप्सेमा कारोबार भइ दाखिल खारेज बन्द भएको मितिले ५ कार्यदिनभित्र कायम सेयरधनीहरुले मात्रै हकप्रद सेयरका लागि दरखास्त दिन सक्नेछन् ।