प्रि-ओपनिङमा ८३ कम्पनीको कारोबार, नेप्से अंकले बढ्यो



काठमाडौं । सोमबारको प्रि-ओपनिङमा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । नेप्से परिसूचक १४.३५ अंकले बढेर २८४२.२८ अंकमा पुगेको छ ।

नेप्से परिसूचक हालसम्मकै सबैभन्दा उच्च हो । यसअघि नेप्से परिसूचक २०४०.२१ अंकसम्म पुगेको थियो ।

प्रि-ओपनमा ८३ कम्पनीको सेयर कारोबार भएको छ । जसमा ६० वटा कम्पनीको सेयर मूल्य बढ्दा १२ वटा कम्पनीको सेयर मूल्य ओरालो लागेको छ भने ११ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।


क्लिकमान्डु