प्रतिनिधि सभाको निर्वाचनका लागि १५ अर्ब बजेट



काठमाडौं । सरकारले आगामी कात्तिक २६ र मंसिर ३ गतेका लागि घोषणा भएको प्रतिनिधि सभाको मध्यावधि चुनावका लागि १५ अर्ब रुपैयाँ बराबर विनियोजन गरेको छ ।

सरकारले अध्यादेशमार्फत शनीबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा प्रतिनिधि सभाको निर्वाचनका लागि विविध शीर्षकमा उक्त रकम छुटुयाइएको अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखा प्रमुख धनीराम शर्माले जनाएका छन । शर्माले चुनावका लागि १५ अर्ब रुपैयाँ छुट्याएको ट्वीटरमार्फत जानकारी गराएका हुन ।

अर्थमन्त्री विष्णु पौडेलले पढेको बजेट वक्तव्यमा चुनावका लागि आवस्यक रकम विनियोजन गरिएको छ भनी उल्लेख भएपनि कति रकम छुट्याइएको हो भन्ने स्पष्ट थिएन । त्यस्तै, आइतबार अर्थ मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेल र अर्थ सचिव शिशिर कुमार ढुंगानाले चुनावका लागि छुट्याएको रकम कति हो भन्ने उल्लेख गरेनन ।


क्लिकमान्डु