सेयर बजारप्रति अर्थमन्त्री सकारात्मक भएपनि लाभकर बढाएको ठीक भएनः निर्मल प्रधान



काठमाडौं । बजेटमा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलको सेयर बजार प्रतिको बचन राम्रो छ । उहाँले बजेट भाषणमा सेयर बजारप्रति सकारात्मक रुपले हेरेको बताउनु भयो ।

भाषणमा सकारात्मक हेरेपनि नीति भने राम्रो आएन जस्तो लाग्छ । सेयर बजारमा लगानीकर्ता र ट्रेडर छुट्याउन सजिलो छैन ।

आर्थिक अध्यादेशले सेयर किनेको एकवर्षमा बेच्दा साढे ७ प्रतिशत र एकवर्षपछि बेच्दा ५ प्रतिशत पूँजीगत लाभकर लिने व्यवस्था गरेको छ । यो कसरी कार्यान्वयन हुन्छ ?

म आफै कतिपय अवस्थामा लगानीकर्ता भएको हुन्छु भने कतिपय अवस्थामा ट्रेडर । मसँग एनसीसी बैंकको १५ वर्ष अगाडि किनेको सेयर पनि एक महिना अगाडि किनेको पनि सेयर हुन्छ । भोलि बेच्दा १५ वर्ष अगाडि किनेको र एक महिना अगाडि किनेको सेयरलाई कसरी छुटउने ?

सेयर बजार बुलिस ट्रेण्डमा रहेको हुँदा यसको प्रभाव भने बजारमा पर्दैन । जुन बजेट आएपछिको आइतबारको कारोबारले देखाएको छ । ५ प्रतिशतबाट पूँजीगत लाभकरलाई साढे ७ प्रतिशत बनाउनु भने राम्रो भएन ।

सरकारको विश्वसनियतामा विश्वास भएन । यो व्यवस्था साउन १ देखि कार्यान्वयनमा आउने छ । त्यो बेला नेप्सेले लगानीकर्ताले कहिले किनेको सेयर बेच्न लागेको हो त्यसको प्रणाली विकास गर्ला भन्ने आशा गरौं । तर, अहिलेको अवस्थामा भने कहिले किनेको सेयर बेच्न लागेको छुट्याउने प्रणाली भने छैन ।


क्लिकमान्डु