काठमाडौं ।चालु आर्थिक वर्षको आर्थिक ऐन मार्फत सरकारले चकलेटमा लाग्ने भन्सार महशुल ४० प्रतिशतबाट घटाएर ३० प्रतिशत पुर्याएपछि तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाको चर्को आलोचना भयो ।
विदेशी चकलेट आयात गर्ने व्यवसायिक घराना विशाल ग्रुपलाई सरकारले गरेको उक्त निर्णयले सबैभन्दा धेरै फाइदा पुगेको थियो । जसकारण सरकार र खतिवडाले आलोचना खेपे ।
अघिल्लो वर्ष चकलेट, कोका पाउडर, सिरप, क्रिमजस्ता चकलेटजन्य वस्तुहरुमा ४० प्रतिशत भन्सार लाग्ने गरेकोमा सरकारले चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत घटाएर ३० प्रतिशतमा झारेको थियो ।
तर अहिलेको सरकारले फेरी त्यसलाई बढाएर ४० प्रतिशत नै पुर्याएको छ ।
चकलेट र चकलेटजन्य वस्तुको आयातमा लाग्ने भन्सारको दरलाई घटाउने खतिवडाको निर्णयलाई अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उल्टाएका हुन् ।
प्रतिक्रिया