संघबाट जाने बजेट प्रदेश १ लाई सबैभन्दा बढी र गण्डकी प्रदेशलाई सबैभन्दा कम, कसले कति पाए ?



काठमाडौं । अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत संघ सरकारबाट जाने रकममध्ये सबैभन्दा धेरै प्रदेश नम्बर १ ले पाएको छ भने सबैभन्दा कम गण्डकी प्रदेशले पाएको छ ।

संघ सरकारले विभिन्न ४ वटा शीर्षकमा गरी प्रदेशहरुलाई आगामी आर्थिक वर्षका लागि १ खर्ब ३ अर्ब ७० करोड २५ लाख रुपैयाँ बराबर पठाएको छ । जसअन्तर्गत समानीकरण अनुदानतर्फ ५७ अर्ब ९५ करोड ४८ लाख र सशर्ततर्फ ३५ अर्ब ८७ करोड ३१ लाख रुपैयाँ बराबर बजेट विनियोजन गरिएको छ । त्यस्तै विशेष अनुदानतर्फ ४ अर्ब १५ करोड र समपुरक अनुदानतर्फ ५ अर्ब ७२ करोड ४८ लाख रुपैयाँ बराबर बजेट प्रदेशहरुले पाएका छ ।

अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत ७ वटा प्रदेशले संघ सरकारबाट पाएको बजेटमा चालुतर्फ ७४ अर्ब २२ करोड १७ लाख र पूँजीगततर्फ २९ अर्ब ४८ करोड ८ लाख रुपैयाँ बराबर छुट्याइएको छ ।

प्रदेश नम्बर १ का लागि १६ अर्ब २९ कररोड ३६ लाख रुपैयाँ बराबर बजेट छुट्याइएको छ । जसमा समानीकरण अनुदानतर्फ ८ अर्ब ५६ करोड ७८ लाख, सशर्ततर्फ ५ अर्ब ९६ करोड ७७ लाख, विशेष अनुदानतर्फ ५९ करोड ३३ लाख, र समपुरक अनुदानतर्फ १ अर्ब १६ करोड ४८ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

प्रदेश नम्बर २ का लागि १३ अर्ब ९० करोड ३४ लाख रुपैयाँ बराबर बजेट दिइएको छ । जसमा समानीकरण अनुदानतर्फ ७ अर्ब ३९ करोड ३४ लाख, सशर्ततर्फ ५ अर्ब ५७ करोड ५२ लाख विशेषतर्फ ५८ करोड ७९ लाख र समपुरक अनुदानतर्फ ३४ करोड ६९ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

बागमती प्रदेशले १४ अर्ब ७२ करोड ६८ लाख रुपैयाँ बराबर पाएको छ । जसअन्तर्गत समानीकरणतर्फ ७ अर्ब ८५ करोड ९० लाख, सशर्ततर्फ ५ अर्ब ७३ करोड ४६ लाख, विशेष अनुदानतर्फ ५५ अर्ब ८४ लाख र समपुरक अनुदानतर्फ ५७ करोड ४८ लाख रुपैयाँ बराबर विनियोजन गरिएको छ ।

गण्डकी प्रदेशका लागि समानीकरण अनुदानतर्फ ७ अर्ब ४२ करोड २८ लाख र सशर्ततर्फ ४ अर्ब १८ करोड ४३ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै विशेष अनुदानतर्फ ५४ करोड ९० लाख र समपुरकतर्फ ८६ लाख ३६ हजार रुपैयाँ गरी १३ अर्ब २ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

लुम्बिनी प्रदेशले १५ अर्ब ६१ करोड २५ लाख रुपैयाँ बराबरको बजेट पाएको छ । जसमा समानीकरण अनुदानतर्फ ८ अर्ब २ करोड ५७ लाख, सशर्ततर्फ ६ अर्ब २३ कराृड ३ लाख, विशेषतर्फ ६३ करोड ४९ लाख र समपुरकतर्फ ७२ करोड १६ लाख रुपैयाँ बराबर विनियोजन गरिएको छ ।

त्यस्तै कर्णाली प्रदेशका लागि १५ अर्ब ५५ करोड ६३ लाख रुपैयाँ बराबरको बजेट छुट्याइएको छ । जसमा समानीकरण अनुदानतर्फ १० अर्ब १४ करोड २१ लाख, सशर्ततर्फ ३ अर्ब ९८ करोड ७७ लाख, विशेष अनुदानतर्फ ६१ करोड ३० लाख र समपुरकतर्फ ८१ करोड ३५ लाख रुपैयाँ बराबर बजेट छुट्याइएको छ ।

सुदूरपश्चिम प्रदेशले १४ अर्ब ५८ करोड २ लाख रुपैयाँ बराबरको बजेट पाएको छ । जसमा समानीकरण अनुदानतर्फ ८ अर्ब ५४ करोड ४० लाख, सशर्ततर्फ ४ अर्ब १९ करोड ३३ लाख, विशेष अनुदानतर्फ ६१ करोड ३५ लाख र समपुरकतर्फ १ अर्ब २२ करोड ९४ लाख रुपैयाँ बराबर विनियोजन गरिएको छ ।


क्लिकमान्डु