रक्सी खानेप्रति कठोर बन्यो ओली सरकार, कुनमा कतिले बढ्यो कर ?



काठमाडौं । सरकारले मदिरामा अन्तशुल्क बढाएको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् अर्थमन्त्री विष्णु पौडेलले मदिरामा अन्तशुल्क बढाएका हुन् ।

उनले जौबाट बनेको मदिरामा अन्तशुल्क प्रतिलिटर १९८ रुपैयाँ पुर्याएका छन् । चालु आवमा यो प्रतिलिटर १६५ रुपैयाँ थियो ।

त्यसैगरी स्पार्किङ वाइनमा १२ प्रतिशतसम्म अल्कोहल भएको मदिरामा प्रतिलिटर ३७० रुपैयाँबाट बढाएर ४४४ रुपैयाँ बनाइएको छ । साथै १२ देखि १७ प्रतिशतभन्दा बढी अल्कोहलमा प्रतिलिटर ३७० रुपैयाँबाट बढाएर अन्तशुल्क ४४४ रुपैयाँ पुर्याएको छ । त्यसैगरी १७ प्रतिशतभन्दा बढी अल्कोहलमा ४३० रुपैयाँबाट बढाएर ५१६ रुपैयाँ बनाइएको छ ।

त्यसैगरी २ लिटर वा कम जाने भाँडोमा रहेको १२ प्रतिशतसम्म अल्कोहलमा प्रतिलिटर ३७० रुपैयाँबाट ४४४ रुपैयाँ बनाइएको छ । साथै १२ प्रतिशतदेखि १७ प्रतिशतसम्म अल्कोहल भएकोमा प्रतिलिटर ३७० रुपैयाँबाट बढेर ४४४ रुपैयाँ पुगेको छ । साथै १७ प्रतिशतभन्दा बढीको हकमा प्रतिलिटर अन्तशुल्क ५१६ रुपैयाँ बनाइएको छ ।

त्यसैगरी छ्याङ (क्न्ट्री बियर)मा प्रतिलिटर ३५ रुपैयाँबाट बढाएर प्रतिलिटर अन्तशुल्क ४३ रुपैयाँ कायम गरिएको छ ।

त्यसैगरी सेम्पेन, सेरी, मिड, पेरी, साइडरमा प्रतिलिटर ४३० रुपैयाबाट बढाएर ५१६ रुपैयाँ बनाइएको छ ।

साथै अनडिनेचर्ड इथायल अल्कोहलमा प्रतिलिटर ६० रुपैयाँबाट बढाएर ७० रुपैयाँ बनाइएको छ ।

आयतनमा ८० प्रतिशत वा सोभन्दा बढी अल्कोहल भएका मदिराको कच्चा पदार्थको रुपमा प्रयोग हुने रेक्टिफाइड स्प्रिटमा प्रतिलिटर

६० रुपैयाँबाट बढाएर ७० रुपैयाँ बनाइएको छ भने एक्स्ट्रा न्यूट्रल अल्कोहलमा प्रतिलिटर प्रतिलिटर ६५ रुपैयाँलाई ७६ रुपैयाँ बनाइएको छ । एन्हाइड्रस इथानोल (९९ प्रतिशतभन्दा बढी अल्कोहल भएको)मा प्रतिलिटर ७ रुपैयाँलाई ९ रुपैयाँ बनाइएको छ ।

साथै डिनेचर्ड स्प्रिट (८० देखि ९९ प्रतिशतसम्म अल्कोहल भएको)मा प्रतिलिटर १७ रुपैयाँलाई बढाएर २० रुपैयाँ पुर्याइएको छ ।

ह्स्किी, भोड्का, जीन र जेनेभा, रम, ब्राण्डीको कच्चा पदार्थको रुपमा प्रयोगथ हुने मादक द्रवमा प्रतिलिटर १६५ रुपैयाँबाट १९८ रुपैयाँ बनाइएको छ । १५ युपी शक्ति ४८.५ प्रतिशतको अल्कोहल भएको तयारी मदिरामा प्रतिलिटर १३२५ रुपैयाँबाट १५९२ रुपैयाँ र प्रति एलपी लिटरमा १५६० रुपैयाँबाट १८७२ रुपैयाँ बनाइएको छ ।

साथै २५ यूपी शक्तिको ४२.८ प्रतिशत अल्कोहलको मात्रा भएको तयारी मदिरामा प्रतिलिटर ९९० रुपैयाँबाट बढाएर ११८८ रुपैयाँ र प्रति एलपी लिटरमा १३२० रुपैयाँ बढाएर १५८४ रुपैयाँ बनाइएको छ भने ३० यूपी शक्तिको ३९.९४ प्रतिशत भएको अल्कोहलको मात्रा भएको तयारी मदिरामा प्रतिलिटर ९२० रुपैयाँबाट ११०५ रुपैयाँ र प्रति एलपी लिटरमा १३१५ रुपैयाँबाट बढाएर १५७८ रुपैयाँ अन्तशुल्क लगाइनेछ ।


क्लिकमान्डु