बजेटबाट विद्युतीय गाडी तथा रेफ्रिजेरेटरको मूल्य घट्ने,रक्सी सहित बियरको मूल्य बढ्ने



काठमाडौं । बजेटले विद्युतीय गाडीमा लाग्ने अन्तःशुल्क पुरै हटाएको छ । यसले गर्दा विद्युतीय गाडीको मूल्य घट्ने छ । टेस्ला लगायतका महंगो मूल्यको गाडी समेत सरकारले विद्युतीय महशुल हटाएसँगै यसको मूल्य घट्ने छ । विद्युतीय गाडीको मूल्य घट्ने छ ।

यसबाहेक बजेटले इन्डक्सन चुल्होको भन्सार महशुल घटाएर १ प्रतिशत कायम गरिएको छ । यसबाट इन्डक्सन चुलोको मूल्य घट्ने छ ।

विजुलीको खपत बढाउन अर्थमन्त्रीले इन्डकक्सन चुलो बाहेक रेफ्रिजेरेटर, ग्राइन्डर, राइसकुकर, पङ्खा लगायतका विद्युतीय उपकरणको अन्तःशुल्क खारेज गरी भन्सार महसुल घटाइएको छ । जसले गर्दा यसको मूल्य घट्ने छ ।

बजेटबाट स्वास्थ्यलाई नकारात्मक असर पर्ने चुरोट तथा रक्सी र बियरको मूल्य बढ्ने छ । यसलाई हरेक वर्ष बढाउने गरिन्छ । यसबाहेक पेट्रोलियम पदार्थबाट चल्ने गाडीको मूल्य समेत केही बढ्ने छ ।


क्लिकमान्डु