रेमिट्यान्स मुद्दति खातामा पठाए १ प्रतिशत थप ब्याज, निजी आवासको बीमा गर्दा ५ हजार छुट



काठमाडौं । विदेशबाट बैंकिङ प्रणालीमार्फत् पठाएको रेमिट्यान्स मुद्दति खातामा जम्मा गरेमा थप १ प्रतिशत ब्याज पाउने भएका छन् । अर्थमन्त्री बिष्णु पौडेले आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा सो उल्लेख गरेका हुन् ।

उनले बैदेशिक रोजगारीमा रहेको श्रमिकले मोबाइल वालेटमार्फत् नै रेमिट्यान्स पाठाउन सकिने व्यवस्था गर्ने समेत बताए ।

यसैगरी, सरकारले आगामी आर्थिक वर्षसम्म न्यूनतम एक तिहाइ जनसंख्यामा बीमाको पहुँच पुर्याइने लक्ष्य राखेको छ । सार्वजिनक पुर्वाधार र सकारी भवनको बीमा गर्ने व्यवस्थालाई अभियानको रुपमा लगिने अर्थमन्त्री पौडेलले बताए । साथै, निजी आवासको हकमा भने ५ हजार रुपैयाँसम्मको बीमा प्रिमियमलाई आयकर प्रयोजनका लागि खर्च कटौति गर्न दिने व्यवस्था गरिने उनले बताए ।


क्लिकमान्डु