उद्योगले इन्धनमा भ्याट फिर्ता पाउने, खतिवडाको नीति उल्टियो



काठमाडौं । उद्योगले इन्धनमा भ्याट फिर्ता पाउने भएका छन् । अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उद्योगहरुले खरिद गर्ने इन्धनमा भ्याट फिर्ता पाउने जानकारी दिए ।

यसअघि युवराज खतिवडाले बजेट मार्फत भ्याट फिर्ता पाउने नीति हटाएका थिए ।

निजी क्षेत्रको प्रमुख मागमा इन्धनमा भ्याट फिर्ता पाउनुपर्ने रहेको थियो ।


क्लिकमान्डु