स्टार्टअपलाई ५ वर्षसम्म आयकरमा शतप्रतिशत छुट



काठमाडौं । सरकारले स्टार्टअप व्यवसाय शुरु गर्नेलाई व्यवसाय शुरु गरेको ५ वर्षसम्म आयकरमा शतप्रतिशत छुट दिने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै उक्त जानकारी दिए ।

उनले स्टार्टअप व्यवसाय प्रबद्र्धन गर्नका लागि निजी क्षेत्रको उद्योग प्रतिष्ठानले बढीमा प्रति व्यवसाय ५ वटा व्यवसायलाई १ लाख रुपैयाँसम्मको बिउ पुँजी उपलब्ध गराएमा करयोग्य आयकर गणना गर्दा कट्टी गर्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।


क्लिकमान्डु