उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका लागि १ खर्ब २१ अर्ब बजेट



काठमाडौं । सरकारले उर्जा, जलसोत तथा सिंचाई मन्त्रालयका लागि १ खर्ब २१ अर्ब रुपैयाँ बराबर बजेट विनियोजन गरेको छ ।

चालु आर्थिक वर्ष २०७७/७८ कालागि उक्त मन्त्रालयले ९९ अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट पाएको थियो । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि उर्जा मन्त्रालयको बजेट करिब २२ अर्ब रुपैयाँ बराबरले बढेको छ ।

सरकारले वैकल्पिक उर्जातर्फ मात्र २ अर्ब ७६ करोड बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षमा सरकारले पश्चिम सेती, पन्चेश्वर, माथिल्लो कर्णाली, फुकोट कर्णाली, कर्णाली चिसापानी लगायत ठूला र जलाशययुक्त आयोजनाका लागि बजेट छुट्याएको छ ।

त्यस्तै प्रशारणलाईन र सबस्टेशन निर्माणका लागि मात्र सरकारले ३७ अर्ब बढी बजेट विनियोजन गरेको छ ।


क्लिकमान्डु