अतिविपन्न परिवारलाई निःशुल्क बिजुली, ग्रामीण विद्युतीकरणमा ४ अर्ब बजेट



काठमाडौं । सरकारले अतिविपन्न परिवारहरुका लागि निशूल्क विद्युत जडान गरिदिने भएको छ ।

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै सरकारले यस्तो घोषणा गरेको हो ।

सरकारले आगामी आर्थिक वर्षका लागि ग्रामीण विद्युतीकरणमा ४ अर्ब रुपैयाँ बराबर बजेट विनियोजन गरेको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार अझै १२ प्रतिशत जनसंख्यामा विद्युत सुविधा पुग्न सकेको छैन ।


क्लिकमान्डु