बालविकास सहयोगीको तलब बढ्यो



काठमाडौं । सरकारले बालविकास सहयोगीको तलब वृद्धि गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेट अध्यादेशमार्फत् सार्वजनिक गर्दैै यस्तो जानकारी दिए । पौडेलले सिंहदरबारबाट बजेट सार्वजनिक गरेका हुन् ।

अहिलेको पारिश्रमिकलाई बढाएर ८ हजार पुर्याइएको उनले जानकारी दिए । उनले बालविकास सहजकर्ताका लागि न्यूनतम १५ हजार रुपैयाँ पुग्ने बताए ।

त्यसका लागि सरकारले ५ अर्ब ५५ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ ।


क्लिकमान्डु