सिँचाई तथा नदी नियन्त्रणका लागि ३१ अर्ब ८६ करोड विनियोजन



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ मा सिँचाई तथा नदी नियन्त्रणका लागि ३१ अर्ब ८६ करोड रुपैयाँ बराबर बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षभित्र २९ हजार ४ सय सेक्टर थप जमिनमा सिंचाई सुविधा पुर्याउने लक्ष्य सरकारले बजेटमार्फत लिएको छ ।

सिक्टा सिँचाई आयोजनाको सम्पूर्ण निर्माण कार्य २ वर्षभित्र सक्ने भन्दै सरकारले आगामी आर्थिक वर्षका लागि १ अर्ब ५६ करोड रुपैयाँ बराबर छुट्याएको छ ।

रानीजमरा कुलरिया सिंचाई आयोजना आगामी तीन वर्षभित्र निर्माण गर्ने लक्ष्य राखिएको छ भने यो आयोजनामा आगामी आर्थिक वर्षका लागि २ अर्ब ६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

मौसमसम्बन्धी सबै जानकारी दिन टेलिभिजनमा मौसम च्यानल स्थापना गर्ने घोषणा पनि सरकारले बजेटमार्फत गरेको छ ।


क्लिकमान्डु