चुरे तथा तराई मधेशमा डेढ करोड वृक्षारोपण गरिने
काठमाडौं । सरकारले चुरे तथा तराई मधेश क्षेत्रमा आगामी आर्थिक वर्षमा १ करोड ५० लाख वृक्षारोपण गर्ने भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उक्त जानकारी दिए ।
उनले सहरी सडक क्षेत्रको सडक किनारा,तथा आवास तथा खुल्ला क्षेत्रमा फलफुल रोपी हरित सहज विकास गरिने बताए ।
वृक्षारोपण तथा संरक्षण कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशत्र प्रहरीहरुलाई परिचालन गरिने उनले बताए ।