कृषि मन्त्रालयको बजेट ४५ अर्ब ९ करोड, ९ जिल्लामा ‘मिसन ओखर’ कार्यक्रम



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ४५ अर्ब ९ करोड रुपैयाँ बराबर बजेट विनियोजन गरेको छ ।

सरकारले सोलुखुम्बु, जाजरकोट, बैतडी लगायत ९ वटा जिल्लामा ‘मिसन ओखर’ कार्यक्रम लागू गर्ने बजेट वक्तव्यमा उल्लेख गरेको छ ।

कृषि क्षेत्रको सहुलियत कर्जा उपलब्ध गराउनका लागि सरकारले ७ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

त्यस्तै कृषि क्षेत्रको नयाँ कार्यक्रमका रुपमा इलाममा अलैँची, मकवानपुरमा तरकारी, सल्यानमा अदुवा तथा जुम्लामा स्याउ लक्षित अत्यधुनिक कृषि बजार निर्माणका लागि सरकारले बजेट छुट्याएको छ ।

त्यस्तै देशभर २ सय खाद्य भण्डार केन्द्र र ८९ वटा शीत भण्डारकेन्द्र निर्माणका लागि पनि बजेट छुट्याईएको छ ।

तीनवर्षभित्र रासायनिक मल कारखाना खोल्ने लक्ष्य राखेको सरकारले प्रांगारिक मल कारखाना खोल्नका लागि निजी क्षेत्रलाई ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराउने पनि बजेटमा उल्लेख गरेको छ ।


क्लिकमान्डु