विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार कर्जा र सिमकार्ड निःशुल्क दिने
काठमाडौं । सरकारले विद्यार्थीहरुलाई ल्यापटप खरिदका लागि ८० हजार रुपैयाँसम्मको कर्जा १ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने भएको छ ।
१६ वर्ष उमेरसम्मका विद्यार्थीका लागि एकथान सिम निःशुल्क दिने व्यवस्था मिलाएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत् सार्वजनिक गर्दैै यस्तो जानकारी दिए । पौडेलले सिंहदरबारबाट बजेट सार्वजनिक गरेका हुन् ।