अक्सिजन प्लान्ट जडान गर्ने उद्योगलाई ५० प्रतिशत पुँजीगत अनुदान



काठमाडौं । एक सय वटा बेडभन्दा बढी क्षमताको अस्पतालले आफ्नै अक्सिजन प्लान्ट स्थापना गर्नुपर्ने भएको छ । अक्सिनजन उद्योग स्थापना गर्न आवश्यक पर्ने उपकरण आयात गर्न लाग्ने भन्सार तथा मूल्य अभिवृद्धि करमा पूर्ण छुटको व्यवस्था गरिएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको बजेट सार्वजनिक गर्दैै उक्त जानकारी दिए ।

सामूदायिक तथा निजी अस्पतालले अक्सिनज प्लान्ट जडान गरेमा लागतको ५० प्रतिशत पुँजीगत अनुदान दिइनेछ । कोभिड–१९ अवधिभर अक्सिजन उपत्पादनमा लाग्ने विद्युत महशुसमा ५० प्रतिशत छुट दिइनेछ बजेटमा उल्लेख छ ।

कोभिड–१९ को बिरामीको उपचारको लागि आवश्यक पर्ने भेन्टिलेटर, आईसियू, एचडीयो, टेस्ट किड लगायत खरिद गर्न ४ अर्ब विनियोजन गरिएको छ । कोभिड उपचारमा प्रयोग हुने औषधी खरिदमा भन्सार छुट दिइएको छ ।


क्लिकमान्डु