स्टार्टअपले १ प्रतिशत ब्याजदरमा २५ लाखसम्म कर्जा पाउने



काठमाडौं । सरकारले स्टार्टअप व्यवसायलाई १ प्रतिशत ब्याजदरमा २५ लाखसम्म कर्जा उपलब्ध गराउने भएको छ ।

यूवा उद्यमीलाई स्टार्टअप व्यवसायमा संलग्न हुन प्रेरित गर्ने उद्देश्यले परियोजना धितो राखी एक प्रतिशत व्याजदरमा २५ लाख रुपैयाँसम्म वियू पुँजी कर्जा उलब्ध गराइने अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

स्टार्टअप व्यवसायको दर्ता नविकरण तथा अन्य सेवा एकद्वारबाट निःश्ल्क गर्ने व्यवस्था मिलाइएको छ । स्टार्ट अप व्यवसायमा वैदेशिक लगानी भित्र्याउन नीतिगत सहजिकरण गरिनेछ । यसका लागि एक अर्बको च्यालेन्ज फन्ड स्थापना गरिएको हो ।


क्लिकमान्डु