स्वास्थ्य मन्त्रालयलाई १ खर्ब २२ अर्ब ७७ करोड, कोरोनाको खोप किन्न २६ अर्ब ७५ करोड



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बराबर विनियोजन गरेको छ ।
यो गत आवको तुलनामा करिब ३२ अर्ब रुपैयाँ बढी हो ।

कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणलाई केन्द्रमा राख्दै सरकारले स्वास्थ्य क्षेत्रको बजेट चालु आर्थिक वर्षको तुलनामा बढाएको हो ।

चालु आर्थिक वर्षका लागि सरकारले मन्त्रालयको बजेट ९० अर्ब ६९ करोड रुपैयाँ बराबर रहेको थियो ।  सरकारले सबै नागरिकलाई कोरोना विरुद्धको खोपको लागि २६ अर्ब ७५ करोड रुपैयाँ बिनियोजन गरेको छ ।

अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै खोपको लागि २६ अर्ब ७५ करोड बिनियोजन गरेको जानकारी दिए ।


क्लिकमान्डु