ब्रिफकेस बोकेर सिंहदरबार पुगे अर्थमन्त्री
काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्नका लागि अर्थमन्त्री विष्णु पौडेल सिंहदरबार पुगेका छन् ।
शनिबार दिउँसो ४ बजेदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट बजेट सार्वजनिक गर्ने कार्यक्रम छ । सरकारले आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत् बजेट सार्वजनिक गर्न लागेको हो ।
यसअघि शनिबार नै राष्ट्रपति कार्यालयले बजेटसँग सम्बन्धित तीन वटा अध्यादेश जारी गरिसकेको छ ।