राष्ट्रपतिद्वारा तीन वटा अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटा अध्यादेश जारी गरेकी छन् । शनिबार राष्ट्रपतिले बजेटसँग सम्बन्धित तीन वटा अध्यादेश जारी गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार आर्थिक अध्यादेश, २०७८, विनियोजन अध्यादेश, २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गरेकी हुन् ।
सरकारले आर्थिक वर्ष २०७८÷७९ का लागि शनिबार दिउँसो ४ बजे बजेट सार्वजनिक गर्दैछ ।