मन्त्रीपरिषद् बैठकले बजेटलाई स्विकृति दियो, अध्यादेश ल्याउन राष्ट्रपति समक्ष सिफारिस
काठमाडौं । मन्त्रीपरिषद्को बैठकले आगामी वर्षको लागि प्रस्तुत गर्न लागिएको बजेटलाई स्विकृति दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बजेटलाई स्विकृति दिएको हो ।
मन्त्रीपरिषद्को बैठकले बजेटसँगै आउने अध्यादेश ल्याउनको लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । अर्थमन्त्रीले ४ बजे बजेट सार्वजनिक गर्ने छन् ।