नेपाललाई खोप सहयोग गर्न अमेरिकी राष्ट्रपति बाइडेनलाई पत्र



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड १९ विरुद्धको खोप उपलब्ध गराइदिन भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र पठाएकी छन् ।

अमेरिकाका लागि नेपालका राजदुत डा. युवराज खतिवडाले शुक्रबार स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार एर्भिन मसिंगालाई भेटेर राष्ट्रपति भण्डारीले बाइडेनलाई पठाएको पत्र बुझाएका हुन । नेपालले कोभ्याक्स र एजेड भ्याक्सिन उपलब्ध गराईदिन अमेरिकासँग सहयोग मागेको हो ।

मसिंगासँगको भेटमा राजदुत खतिवडाले नेपालमा महामारी संक्रमणको पछिल्लो अवस्था बारे जानकारी गराउँदै खोप सहयोगका लागि आग्रह गरेका थिए ।

अमेरिकी कम्पनी इन्फेक्सियस डिजिज एण्ड फर्माक्युटिकल कम्पनीले उत्पादन गरिरहेको कोभिड १९ विरुद्धको भ्याक्सिन जे एण्ड जे नेपालले खरिद गर्न चाहेकाले त्यो उपलब्ध गराइदिन पनि आग्रह गरेको छ ।


क्लिकमान्डु