प्रतिनिधि सभा बिघटन विरुद्धका १९ रिटलाई संवैधानिक इजलासमा पठाइयो
काठमाडौं । प्रतिनिधि सभा बिघटन विरुद्ध परेका १९ वटा रिटको सुनुवाई अब संवैधानिक इजलासबाट हुने भएको छ । बिघटन विरुद्ध १९ वटा रिटको सुनुवाई आज भएको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलासले सबै रिटलाई संवैधानिक इजलासमा पठाएको हो ।
आजको सुनुवाईमा अधिवक्ता लोकेन्द्र ओलीलगायतले बहस गरेका थिए । अधिवक्ता ओलीले बहसमा राष्ट्रपति र प्रधानमन्त्रीले अदालतको फैसला विपरीत भएकाले अदालतको मानहानी दावी गरेका थिए ।
अब ३० वटा रिटमाथि भोलि शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ हुनेछ ।