प्राइम बैंकद्वारा वीर अस्पताललाई ३० लाख बराबरको स्वास्थ्य सामग्री प्रदान



काठमाडौं । प्राइम बैंकले कोभिडको उपचारका लागि वीर अस्पताललाई ३० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

बैंकले वीर अस्पताल अन्तर्गत कोभिड युनीफाइड केन्द्रीय अस्पताललाई उक्त रकम बराबरको पिपिई सेट, पोर्टेबल अक्सिजन सिलिण्डर, फेस मास्क, सानिटाइजर, अक्सिजन ट्रलिलगायत विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

एक कार्यक्रमका बीच बैंकका सञ्चालक मनोज पौडेलले प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई हस्तान्तरण गरे ।

यसअघि बैंकबाट सुदुर पश्चिम क्षेत्रको सेती प्रादेशिक अस्पताललाई ६० थान र माहाकाली अस्पताललाई ४० थान अक्सिजन सिलिण्डर वितरण गरिसकेको छ ।


क्लिकमान्डु