निषेधाज्ञा जेठ २० गतेसम्म थपियो, किराना पसल बन्द, हिँडडुल गर्न नपाइने



काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप एक साता थपिएको छ । ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जेठ २० गतेसम्म निषेधाज्ञा थपिएको जानकारी दिए ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो ।

भट्टराईका अनुसार अब किराना पसल पनि निषेधाज्ञामा बन्द हुनेछन् । तरकारी र माछा मासु पसल विहान ९ बजेसम्म मात्रै खुल्नेछन् ।

त्यसका साथै मानिसहरुलाई हिँडडुल गर्न पनि रोक लगाइएको छ भने मर्निङ वाक र इभिनिङ वाकमा पनि रोक लगाइएको उनले बताए ।

उनका अनुसार निषेधाज्ञा उल्लंघन गर्नेलाई कानून बमोजिम कडाभन्दा कडा कारबाही गरिने पनि उनले जानकारी दिए ।

हाल निषेधाज्ञा लागू भए पनि हिँडडुल गर्न भने दिइएको थियो ।


क्लिकमान्डु