सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घट्यो
काठमाडौं । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।
सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ कायम भएको सुनको मूल्य मंगलबार २ सय रुपैयाँले घटेर ९३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम भएको थियो भने मंगलबार ९३ हजार रुपैयाँ कायम भएको छ । साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय ५० रुपैयाँ कायम भएको थियो भने मंगलबार पनि सोही मूल्य कायम भएको छ ।