टाटा स्टिलले कोरोनाबाट मृत्यु हुने कर्मचारीका परिवारलाई ६० वर्षसम्म तलब दिने



टाटा समूहको कम्पनी टाटा स्टीलले कम्पनीमा कार्यरत कर्मचारीको कोरोनाबाट मृत्युभएपछि उसका परिवारलाई ६० वर्षसम्म तलब दिने घोषणा गरेको छ ।

कर्मचारीको अवकास हुने उमेर ६० वर्ष हो । टाटाले कर्मचारीको उमेर ६० वर्ष नपुग्दासम्म उसका परिवारलाई तलब दिने घोषणा गरेको हो । तलब भने मृत्यु हुने समयमा पाएको रकम हुने छ । यसका साथै मृतक कर्मचारीको बालबालिकाको शिक्षा, चिकित्सा र आवास सुविधामा यो उपलब्ध हुने छ ।

कम्पनीका अनुसार ड्युटीमा हुँदा सबै फ्रन्टलाइन कामदारहरूको मृत्यु भएपछि पनि कम्पनीले आफ्ना बच्चाहरूको सम्पूर्ण खर्च भारतमा स्नातकसम्म खर्च वहन गर्ने छ ।

यस्तै महिन्द्रा र महिन्द्राले पनि कर्मचारीहरूलाई ठूलो राहत दिएको छ । टाटा स्टिल भन्दा पहिले अटो कम्पनी महिन्द्रा एण्ड महिन्द्राले कोभिडको कारण कर्मचारीको मृत्यु भएमा ५ वर्षसम्म आश्रित परिवारलाई तलब तथा १२ कक्षासम्म निशुल्क अध्ययन गराउने घोषणा गरेको छ ।

सरकारी क्षेत्रमा जागिर खाने कर्मचारीको मृत्यु भएमा उसका आश्रित परिवारले सुविधा पाउछन् । तर,निजी क्षेत्रमा यस्तो हुँदैन । यस्तोमा भारतका दुईवटा ठूला कर्पोरट ग्रुपले कोभिड महामारीको समयमा कर्मचारीलाई सहयोग गर्ने निर्णय गरेका हुन् । ऐजेन्सी


क्लिकमान्डु