अष्ट्रेलियाका विश्वविद्यालहरुले भने विदेशी विद्यार्थीलाई अष्ट्रेलिया आउन देउ



एजेन्सी । अष्ट्रेलियाका विश्वविद्यालयले विदेशी विद्यार्थीलाई अष्ट्रेलिया फर्किन दिनका लागि त्यहाँको सरकारलाई आग्रह गरेका छन् । कोरोनाका कारण पछिल्लो १ वर्षदेखि विदेशी विद्यार्थी नआएका कारण त्यहाँको अर्थतन्त्र तथा श्रम बजारमा समेत प्रभाव परेको छ ।

कोरोना भाइरसको महामारीका कारण यहाँका विश्वविद्यालयहरुमा भर्ना हुने विद्यार्थीको संख्या निरन्तर घट्दै गएको छ । महामारीका कारण विदेशी विद्यार्थी पनि अष्ट्रेलिया फर्किन पाएका छैनन् ।

अष्ट्रेलियाले कोरोना भाइरसको पहिलो लहर शुरु भएदेखि नै अहिलेसम्म विदेशी विद्यार्थीहरुलाई फर्किन दिएको छैन । महामारी शुरु भएपछि कतिपय देशका विद्यार्थीहरुलाई आफ्नो घर जान दिएको सो देशले लामो समयदेखि हवाई उड्डयन खुलेको छैन ।

जसका कारण विदेशी विद्यार्थीहरु अष्ट्रेलिया फर्किन पाएका छैनन् । अष्ट्रेलियाका विश्वविद्यालयहरुको पछिल्लो तथ्यांकअनुसार यहाँ पहिलेका वर्षहरुको तुलनामा विश्वविद्यालय भर्नामा ३३ प्रतिशत कमी आएको छ ।

यसका कारण यहाँका विश्वविद्यालयहरुको बजेटमा पनि धेरै कमी आएको देखिएको छ । त्यसैले यहाँका विश्वविद्यालहरुले आफ्ना देशका गएका विदेशी विद्यार्थीहरुलाई स्वदेश फर्किन दिन र नयाँ विद्यार्थीलाई पनि अष्ट्रेलिया आउन दिने व्यवस्थाका लागि आग्रह गरेका हुन् । विद्यार्थी नआउँदा श्रम बजारमा समेत समस्या पैदा भएको छ ।

कोरोना महामारीका कारण अष्ट्रेलियाले अन्तर्राष्ट्रिय सीमा बन्द गर्दा नेपालबाट हजारौंको संख्याम विद्यार्थीहरु जान पाएका छैनन् । विश्वविद्यालयमा पैसा बुझाइसकेको अवस्थामा भिसा लागेर पनि विद्यार्थीहरु जान पाएका छैनन् ।


क्लिकमान्डु