नेको इन्स्योरेन्सद्वारा लाभांश घोषणा



काठमाडौं । नेको इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई १५.५ प्रतिशत बोनस सेयर तथा ०.८२ प्रतिशत नगद लाभांशको घोषणा गरेको हो । घोषणा गरिएको उक्त लाभांश बीमा समितिको स्वीकृति तथा साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु