सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढ्यो
काठमाडौं । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ ।
आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ कायम भएको सुनको मूल्य सोमबार १ सय रुपैयाँले बढेर ९३ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएको थियो भने सोमबार ९३ हजार २ सय रुपैयाँ कायम भएको छ । साथै, आइतबार चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँ कायम भएको थियो भने सोमबार ५ रुपैयाँ बढेर १३ सय ५० रुपैयाँ कायम भएको छ ।