एचआइडीसीएलले पायो हकप्रद सेयर निष्कासनको अनुमति



काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल)ले हकप्रदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ ।

बोर्डले आइतबार हकप्रदका लागि अनुमति दिएको हो ।

कम्पनीले १ कित्ता सेयर बराबर १ कित्ता नै हकप्रद सेयर जारी गर्नेछ । कम्पनीले ११ करोड कित्ता सेयर हकप्रदका रुपमा जारी गर्नेछ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोवल आइएमई क्यापिटल रहेको छ ।


क्लिकमान्डु